B

Hi

धादिङमा टिपर दुर्घटना, ३ जनाको मृत्यु

२७ असोज, धादिङ । धादिङको थाक्रे गाउँपालिकामा टिपर दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन् ।

थाक्रे गाउँपालिका-१० मानेडाँडामा शुक्रबार राति बा ५ ख २४१८ नम्बरको टिपर दुर्घटना भएको हो ।
दुर्घटनामा मृत्यु हुनेमा थाक्रे गाउँपालिका-१० का ५५ वर्षीय महेश तामाङ, ६० वर्षीया सोममाया तामाङ र ६२ वर्षीया सावित्री तामाङ रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक श्यामकुमार महतोले जानकारी दिए । महेश र सोममायाको घटनास्थलमै र सावित्रीको उपचारका लागि काठमाडौंतर्फ लैजाँदै गर्दा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा घाइते भएका तीन जनाको काठमाडौंको ट्रमा सेन्टरमा उपचार भइरहेको छ ।
पृथ्वीराजमार्गको भीमसेन स्थानबाट कच्ची सडकबाट चकमके जाँदै गरेको टिपर सडकबाट करिब ६०० मिटर तल खसेको छ ।

Post a Comment

0 Comments
* Please Don't Spam Here. All the Comments are Reviewed by Admin.